राजनीति
नेकपा एमाले कार्यदलको बैठक भोलि बिहान फेरि बस्ने गरी सकिएको छ। विहीबार साँझ सिंहदबारमा बसेको बैठकमा पार्टी एकता हुने अवस्था नदेखिएपछि विवादित विषयमा प्रवेश नै नगरी बैठक सकिएको छ ।
बैठक कक्षबाट बाहिरिँदै गर्दा अध्यक्ष केपी ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङको आँखाका आँशु देखिन्थ्यो । उनी एकदमै निराश भएर मिडियालाई प्रतिक्रिया दिइरहेका थिए । यद्यपि उनले पार्टी एकताकाे आशा भने मारेका थिए ।
‘भोलि साढे ११ बजे बस्ने बैठकले यसलाई टुंगोमा पुर्याउँछ भन्नेमा हामी आशावादी छौं’, उनले भने, ‘हामी विषयबस्तुलाई निष्कर्षमा पुर्याउने गरि छलफल गरिरहेका छाैं।’
‘तीन वर्षदेखि जुन तुष छ, त्यहाँबाट यो ठाउँसम्म ल्याइपुर्याएका छौं उनले भने यो ठूलो कुरा हो । तर अहिलेसम्म कुनै पनि विषयमा सहमति हुन नसकेको उनको भनाइ थियो ।