राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा सहिद पुत्र प्रकाश बास्तोला गिरफ्तार भएकाछन । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज गिरफ्तार गरेको हो । पोखरा रङ्गशाला अगाडिबाट विद्यार्थी नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेको क्रान्तिकारीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार दुईवटा जाहेरी परेकोले नेता बास्तोलालाई पक्राउ गरिएको बताएका छन् । कसले उजुरी दिएको हो भन्ने विषयमा प्रहरीले अहिलेसम्म केही खुलाएको छैन ।
यसअघि पार्टी प्रतिबन्धित भएको अवस्थामा पटक–पटक पक्राउ परेका नेता बास्तोला विभिन्न खाले मानसिक तथा शारीरिक यातना दिदैं आईरहेको स्वयं प्रकाशले बताएका थिए ।