logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा काठमाडौको रोपाइँ कार्यक्रम सम्पन्न


  • राजनीति
  • शनिबार, असार २६ २०७८

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला समिति अन्तर्गत महानगर समितिले रोपाई कार्यक्रम सम्पन्न गरेको छ । एकल महिला भगवती कोइरालाको विशेष आग्रहमा पार्टीका नेता कार्यकर्ता र स्थानिय जनताको सहभागितामा रोपाइ सम्पन्न गरेको महानगर इन्चार्ज अविरल चन्दले जानकारी दिएकाछन ।
महानगर समितिले असार २५ र २६ गते दुई दिन रोपाइँ गरेको थियो । उक्त रोपाई काठमाडौको नाकढुङ्गामा स्थित खेतमा सम्पन्न गरेको जनाएको छ ।
उक्त रोपाइँ टिमको नेतृत्व महानगर समिति इन्चार्ज अविरलले नै गरेका थिए ।
।
उक्त कार्यक्रममा नागार्जुन इन्चार्ज गणेश, महानगर समिति कार्यालय सचिब संघर्ष , पार्टी एरिया सदस्यहरु अदृश्य, राजु , बविन लगायत केही स्थानिय जनताहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार