राजनीति
गत २२ गते बेलुका टौदह बाट गिरफ्तार भएका नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले प्रहरी अधिकारी समक्ष बयान दिने क्रममा उनले आर्थिक, भौतिक र नैतिक हिसाबले सहयोग लिएको तर चन्दा नलिएको बयान दिएकाछन । आफ्नो पार्टीको नीति अनुसार शुवेच्छुक शुभचिन्तक बाट स्वच्छिक सहयोग लिएको बयान दिएको श्रोतको दावी छ।
विप्लव समूहका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा गिरफ्तार गरिएको हो उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छ ।