logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

राष्ट्रपतिलाई महाअभियाेग लगाउन माधव सहमत


  • राजनीति
  • बुधबार, असार ३० २०७८

नेकपा एमाले सांसद विराेध खतिवडाले राष्ट्रपति विद्या भण्डारीलाई महाअभियाेग लगाउनुपर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रममा नेता खतिवडाले उक्त महाअभियाेग लगाउन आफ्नाे समुहले समर्थन गर्नसक्ने खुलासा गरेका छन । उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीले राजनीतिक अपराध गरेको बताए ।

नेता खतिवडाले देउवा नेतृत्वको सरकारमा एमाले सहभागी हुनुपर्ने भन्दै देउवाकाे सरकारमा एमाले सहभागी भएर आगामी चुनावमा भाग लिनुपर्ने बताएका छन् ।

तत्कालीन सत्तारूढ दल एमाकै माधव समुहकाे समर्थनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरिन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउनमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ठूलो भूमिका रह्याे । नेता नेपालको चट्टानी अडानकै कारण देउवाको प्रधानमन्त्रीमा सत्तारोहण सफल भएको हो ।

अदालतको फैसला आएको अघिल्लो दिन अर्थात असार २८ गते राति १० बजे एमाले कार्यदलले पार्टीको विवाद समाधानको लागि १० बुँदे सहमति गरेको छ। जसमा माधव नेपाल पक्षको सहमति नभएको कुरा मिडियामा आएको थियो । सुरुमा नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने भाषा राखिएको भन्दै आपत्ति जनाएको कुरा पनि बाहिर आएको छ । हिजो अदालतको फैसला नेता नेपाललगायत विपक्षी गठबन्धनले माग गरे बमोजिम नै आयो । सर्वोच्चकाे फैसलापछि माधव समूह झन शक्तिशाली भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार