राजनीति
नेपाली राजनीतिमा केही फेरवदल भए सगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द’विप्लव’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । नया शन्दर्भको यो भेटवार्तालाई नेपाली राजनीतिना निकै चासोपुर्वक हेरिएको छ ।
धेरै वर्ष पछिको यो भेट सार्वजनिक भए संगै नेपाली राजनीतिमा नया बहस र तरंग पैदा भएको देखिन्छ । यधपी भेटमा के कस्ता छलफल भए भन्ने बिषय बाहिर नआएको भएता पनि पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल भएको स्रोतले बताएको छ ।
सो भेटवार्तामा नेकपाका महासचिव विप्लवले नयाँ सरकार बनेको सन्दर्भमा आफ्नो पार्टी र ओली सरकारबीच भएको तीनबुँदे सहमतिको स्वामित्व नयाँ सरकारले लिनुपर्ने बताएका थिए भने प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याहरूको बारेमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोलनलाई कसरी गतिदिने भन्ने विषयमा आफ्नो धारणा राखेको बताइएको छ । प्रचण्डनिवास खुमलटार ललितपुरमा बुधबार भएको सो भेटवार्तामा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, केन्द्रिय सदस्यहरु प्रज्वलन र असलको समेत उपस्तिथि रहेको थियो ।

सो भेटवार्ता जति राजनीतिक बिषयमा अर्थपुर्ण रह्यो भावनात्मक हिसावले पनि निकै चर्चा र महत्त्व रहेको सन्देश दिएको छ । भेटका क्रममा नेकपाका महासचिव विप्लवले बिरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सिता दाहाल सग देखाएको भावनात्मक सामीप्यताले धेरैको मन जितेको छ । उक्त्त तस्वीर सार्वजनिक भए सगै सामाजिक संजालमा विशेष महत्त्व सहित चर्चा पाइरहेको छ ।

सो भेटमा महासचिव विप्लव र कञ्चनले प्रचण्डपत्नी सिता दाहाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।
