logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

नेकपाको सचिवाल बैठक सम्पन्न : नयाँ राजनीतिक पहल लिने निर्णय


  • राजनीति
  • बिहिबार, असार ३१ २०७८

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार ललितपुरमा सम्पन्न उक्त पार्टीको सचिवालयको बैठकले पछिलो बिकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग संवाद र छलफललाई तिब्रता दिने निर्णय गरेको छ । बैठकमा अघिल्लो सरकारसंग भएको तीनबुंदे सहमति वर्तमान सरकारले पनि स्विकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको बताइएको छ।

यसैगरी , सो बैठकले कोभिडबिरुद्धको खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउनु पर्ने , कोभिड संक्रमितको उपचार निशुल्क र सर्वसुलभ गराउनु पर्ने , स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई तत्काल जोखिमभत्ता उपलब्ध गराउनु पर्ने बिषय सरकारसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ।

यसैगरी , सो बैठकले जनपरिचालन र जनजागरण अभियान संचालन गर्ने , जनसरोकार जनजिवीकाको बिषयमा जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ। साथै सो बैठकले इन्धनमा भएको मुल्यवृद्धि , महंगी , भ्रष्टाचार , शैक्षिक – स्वास्थ्य समस्यालागायत सुकुम्बासीमाथि भएका ज्यादती , जातीयविभेद र छुवाछुत , महिलाहिंसा र बलात्कारलगायतका बिषयलाई लिएर संघष गर्ने निर्णय गरेको छ।

यसैगरी , सो बैठकले नेपालको नयाँ नक्शा सम्पूर्ण क्षेत्रमा प्रयोग गर्ने गराउने निर्णय गरेको छ । साथै उक्त बैठकले पार्टीको मुखपत्रलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गर्ने निर्णय समेत गरेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार