राजनीति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर ‘प्रकाण्ड’ रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, नेपाल बार एसोसिएसनका अध्यक्ष शेर बहादुर केसि, वरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायत २८ जना वरिष्ठ वकिलहरुको बहस पछि सर्वोच्च अदालतले उनलाइ रिहाइ गर्न आदेश दिएको हो । उनलाइ साउन २२ गते बेलुका हेटौडा बाट काठमाडौ आउदै गरेका उनलाइ चोभार नजिक टौदह बाट प्रहरीले गिरफ्तार गरेको थियो ।


बिश्वकर्मा गिरफ्तार परेपछि उनका छोराले हालेको बन्दी प्रत्यक्षिकरणको रिटमा आज सुनुवाइ भएको हो । दिउसो सर्वोच्च अदालतमा उपस्थित गराइएको उनको पक्षमा २८ जना बरिस्ठ वकिलहरुले बहस गरेका थिए ।