logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा कालिकोटको बैठक सम्पन्न, संगठनमा व्यापक हेरफेर


  • राजनीति
  • बिहिबार, असार ३१ २०७८

नेकपा कालिकोटको प्रथम पुर्ण बैठक जिल्ला सेक्रेटरी रणदिप को अध्यक्षता पार्टी केन्द्रीय सदस्य एटम बिशीको प्रमुख आतिथ्यता बैकल्पिक केन्द्रीय सदस्य कालिकोट जिल्ला ईन्चार्ज बिराट, भक्तपुर जिल्ला सदस्य विषम र बिनोदको आतिथ्यतामा अषाढ २७ देखि ३० सम्म शान्नी त्रिबेणी गापा मा सम्पन्न भएको छ ।
प्रत्यक डिसियमहरुले आ आफ्नो कार्यक्षेत्रको रिर्पोट राख्नुका साथै पार्टी केन्द्रीय समितीको दशौ पुर्ण बैठकबाट पारीत राजनितीक दस्ताबेजमा व्यापक छलफल गरिएको जनाएको छ । प्रमुख अतिथी एटम बिशीले बर्तमान राष्ट्रिय राजनिती पार्टीको आगामी योजना प्रतिबेदन र रिर्पोटमा उठेका बिषयमा गरेको नेकपा कलीकोटले जनाएको छ । साथै केन्द्रीय सदस्य एबं कालिकोट जिल्ला ईन्चार्ज बिराटले पनि मन्तब्य राखेका थिए ।
बैठकले संगठनको क्षेत्रमा व्यापक हेरफेर सहित भौगलिक रुपमा पनि संरचनागतरुपमा हेरफेर गरिएको कुरा जिल्ला सेक्रेटरी रणदिपले जानकारी दिएकाछन । २ महिने राजनितीक एबं संगठनात्मक अभियान लाई जिल्लाभरी व्यापक चलाउने निर्णयसहित बैठक सम्पन्न भएको हो । पार्टीको जिम्मेवारमा केही हेरफेर गरिनुका साथै केही लाई सरुवा गरिएको नेकपा श्रोत ले जनएको छ । ३ दिन सम्म चलेको बैठक ३० गते समापन गरिएको कार्यालय सचिब निर्बिक शाही ले जानकारी दिएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार