logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

२८ महिना पछि नेकपा नेता सुदर्शन रिहा


  • राजनीति
  • बिहिबार, असार ३१ २०७८

सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले आज ओलीलाई रिहा गर्न आदेश दिएको हो । न्यायाधीस प्रकाश ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई रिहा गर्न आदेश दिएको हो ।

सरकारले २०७५ फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएको केही समयपछि २०७५ चैत्र १२ गते ओली काभ्रेबाट पक्राउ परेका थिए । ओलीलाई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको थियो । ओलीको स्वास्थ्य अवस्था विग्रिएपछि शहिद गंगलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौंमा उपचार भइरहेको छ ।

सरकारसँगको ३ बुँदे सहमतिपछि नेकपामाथिको प्रतिबन्ध हटेको थियो भने गत फागुन २१ गते पार्टी महासचिव विप्लव समेत सार्वजनिक भएका थिए । तर ओली रिहा भएका थिएनन् । सरकारसँग सहमति भएको झण्डै ५ महिनापछि सर्वोच्चले ओलीलाई रिहा गर्न आदेश दिएको हो ।

ओलीको रिहाईका लागि वरिष्ठ अधिवक्ता एकराज भण्डारी तथा अधिवक्ता कपिलचन्द्र पोखरेल,कान्तिराम ढुंगाना, खिमानन्द अधिकारी र प्रकाश महर्जनले बहस गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार