logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

माधव समुहमा थपिदै सांसद : को को ले छोड्दैछन ओलीलाई !


  • राजनीति
  • शनिबार, साउन २ २०७८

सत्ताबाट हटेपछि शक्ति घट्छ र शक्ति घटेपछि आफ्ना भनिएकाले पनि धमाधम छाड्छन् भन्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्दर्भमा पनि मिल्न थालेको छ । एमाले सरकारमा हुदा बल्लतल्ल २३ सासदको हस्ताक्षर जुटाएका नेता माधव नेपाल सर्वोच्चको निर्णय आउनु अघिल्लो दिन झनै घटेर १९ जना सम्म पुगीसकेका थिए । तर अहिले परिस्थिति बदलिएको छ ।
सर्वोच्च अदालतले संसद ब्युताएर शेर बहादुर देउवालाई प्रधानमन्त्री बने । यतिबेला शक्तिशाली मानिएका ओली बालकोट लागेकाछन भने माधव नेपाल सरकार संचालनको बारेमा सल्हा सुझाव दिने हैसियतमा आएका छन । फेरिएको परिस्थिति सगै केपीलाइ छोड्ने र नेपाललाइ पछ्याउने संसदको संख्या ह्वात्तै बढेको स्रोतको दाबी रहेको छ ।

आफ्नै पार्टी सरकारमा हुदा २३ जना सासदको हस्ताक्षर गराएका नेपाल अहिले भने झन्डै ४० जनाको साथ पाइसकेका देखिन्छ । कतिसम्म भने ओलीले प्यारो गरेर मन्त्री बनाएकाहरु नै छाडेर माधव नेपालको गुटमा जाने तयारीमा लागेका छन् । तर नाम भने गोप्य नै राखिएको छ ।

ओली सरकारमा मन्त्री भएका चार सांसदहरु गुट परिवर्तनका लागि खुट्टा उचालेर बसिसकेका छन् । उनीहरुले त्यसका लागि बार्गेनिङ्ग नै शुरु गरिसकेका छन् ।

यसरी गुट नै त्याग्ने प्रस्ताव लिएर बढेकामा उनी ओली सरकारमा मन्त्री भएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए माधव नेपाल गुटमा जाने गरी पूर्वमन्त्रीहरुले तयारी थालेका छन् । गुट परिवर्तनका लागि तयार भएका कतिपय ओलीनिकट सांसदहरुले मन्त्री पद मागेका छन् ।

देउवाले विश्वासको मत पाउनका लागि भए पनि माधव नेपाल पक्षबाट धेरै भन्दा धेरै सांसदलाई मन्त्री बनाउनुपर्ने अवस्था बनेको छ ।

यसकारण पनि यसपटक काँग्रेसबाट भन्दा पनि नेपाल पक्षबाट बढी मन्त्री बन्ने सम्भावना देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार