logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपाका ८ कार्यकर्ता कपिलवस्तुबाट गिरफ्तार


  • राजनीति
  • शनिबार, साउन २ २०७८

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना नेता कार्यकर्ता कपिलवस्तुको पिपराबाट गिरफ्तार भएका छन् ।
सरकारले गरेको सार्वजनिक यातायातको भाडादर वृद्धिको बिरोधमा प्रदर्शन गर्दा उनिहरु गिरफ्तार भएकाहुन । युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले आयोजना गरेको भाडा दर अनुगमन तथा सचेतना कार्यक्रममा कपिलवस्तुको पिपरामा भएको कार्यक्रममा स्थलबाट पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा युवा संगठन कपिलवस्तुका जिल्ला अध्यक्ष बादल,अखिल क्रान्तिकारीका कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णु बहादुर राउत,अर्घाखाँची अध्यक्ष नवीन खड्का लगायतका जिल्ला स्तरका नेता कार्यकर्ता छन् ।
कार्यक्रम स्थलमा प्रहरीले घेराहालेपछि केही समयमा नियन्त्रणमा लिएको थियोे ।

नियन्त्रणमा रहेका नेता कार्यकर्तालाई पिपरा प्रहरी चौकीमा राखिएको नेकपा स्रोतले अनखबरलाई बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार