logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मानव अधिकार आयोगको गाडी बाटै प्रकाण्डलाइ पुनः गिरफ्तार , प्रहरीले यसरी लियो कब्जामा


  • राजनीति
  • शुक्रबार, भाद्र १ २०७५

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर ‘प्रकाण्ड’ रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको भएता पनि प्रहरीले उनलाइ पुन गिरफ्तार गरेको छ । करिव ९ बजे राष्ट्रिय मानव अधिकार आयोगको गाडीमा मानवाधिकार कर्मी सहित बाहिरीएका प्रकाण्डलाइ ठुलो संख्यामा खटिएको टोलीले गाडी बाटै बाहिर निकालेर जबर्जस्ति गिरफ्तार गरेको छ ।

सादा र वर्दीमा नै गरी हजार भन्दा बढी संख्यामा रहेको प्रहरीले ५ घन्टा देखी सर्वोच्च बाहिर यातायात नै बन्द गरी घेराबन्दी गरेर राखेको थियो । सर्वोच्चको निर्णय पश्चात् राष्ट्रिय मानवधिकार आयोगका प्रतिनिधी ,बारका अध्यक्ष र अदालतका रजिस्ट्रार सहितको छलफल बाट बाहिरीएका उनलाइ घेराउ गरी राष्ट्रिय मानव अधिकार आयोगको गाडी बाट नै गिरफ्तार गरेको स्रोतको दावी छ ।

साउन २२ गते बेलुका हेटौडा बाट काठमाडौ आउदै गरेका उनलाइ चोभार नजिक टौदह बाट प्रहरीले गिरफ्तार गरेको थियो ।

बिश्वकर्मा गिरफ्तार परेपछि उनका छोराले हालेको बन्दी प्रत्यक्षिकरणको रिटमा आज सुनुवाइ भएको हो । दिउसो सर्वोच्च अदालतमा उपस्थित गराइएको उनको पक्षमा २८ जना बरिस्ठ वकिलहरुले बहस गरेका थिए ।

विश्वकर्माका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुखविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार