logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बिस्वासकाे मत नदिन आग्रह गर्दै रावलसहितका नेता माधव निवास


  • राजनीति
  • आइतबार, साउन ३ २०७८

नेकपा एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी एकता जोगाउन आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जाँदैछन् ।

शनिवार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका दुवै पक्षका वार्ताकार नेताहरु आज वरिष्ठ नेता नेपालको निवास कोटेश्वर जाँदैछन् ।

केही नेता नेपाल निवासमा पुृगिसकेका छन् । कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार पार्टी एकतामा उभिन नेपाललाई आग्रह गरिने वार्ता टोलीका एक सदस्यले बताए ।

आजै प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने तयारी रहेकाले नेपाललाई संस्थागत निर्णयका आधारमा मात्र अघि बढ्न आग्रह गरिने उनले बताए ।

माधव नेपालले देउवालाई विश्वासको मत दिने बताइसकेका छन् । नेपाल समूहमा १० बुँदे सहमतिमै पनि असहमति छ । नेपालले निर्णय प्रक्रियामा हस्ताक्षरसहितको दोस्रो अध्यक्ष दाबी गरेका छन् ।

वार्ता टोलीका नेताहरु सुवास नेम्वाङ, भीम रावल, बिष्णु पौडेल लगायत नेपालसँग छलफल गर्न कोटेश्वर पुग्दैछन् । नेपालले अब संसद जोगाउने प्रक्रिया टुंगिएपछिमात्र एमाले एकताको प्रक्रिया थाल्ने निकटस्थहरुसँग बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार