logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भिम रावल लगायतका नेताले देउवालाई मत नदिने संकेत, हेर्नुस् कस्ले दिन्छन् कस्ले दिदैनन् मत ?


  • राजनीति
  • आइतबार, साउन ३ २०७८

नेकपा एमालेको माधव नेपाल समूहमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने छलफल भएको छ । माधव समूहमै दुइथरी मत आएपछि नेता नेपालसहितका अधिकांस सांसदले मत दिने भएका छन् ।

कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले १० बुँदे बमोजिम संस्थागत निर्णयको पक्षमा बोलेका छन् ।

कार्यदलमा रहेका र नरहेका स्थायी कमिटी सदस्यहरूसँग वरिष्ठ नेता नेपालले छलफल गरेका थिए । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले एमाले मिल्न लाग्यो भनेर हतार-हतार विश्वासको मत लिन खोजिएको र देउवा-प्रचण्डको नियत एमाले फुटाउने प्रष्ट देखिएको बताएका थिए ।

माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेलगायतका नेता पनि संस्थागत निर्णय गरेर जाने १० बुँदे सहमतिको स्पिरिटविपरीत हुने भनेर पछि हटेका छन् ।

तर, माधव नेपालसहित सांसदहरू मेटमणी चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, कल्याणी खड्कालगायतले विश्वासको मत दिने भएका छन् ।

झलनाथ खनाल बिरामी परेर दिल्लीमा छन् । उनले विश्वासको मत दिन आह्वान गरिसकेका छन् । कार्यदलमै रहेका घनश्याम भुसाल पनि संसद जोगाउन आफूहरू अदालत गएकाले त्यसको पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् ।

कतिपय ओली पक्षका सांसदले समेत विश्वासको मत दिने दावी नेपाल पक्षले गरेको छ । माधव नेपालले कार्यदलका नेताहरूसँग आफू एक्लै भने पनि विश्वासको मत दिने पक्षमा रहेको बताएका थिए ।

एमालेले देउवालाई विश्वासको मत दिनेहरू आजैबाट एमाले नरहने निर्णय गरिसकेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार