logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माधव नेपाललाई महासचिवले खलनायक बिदुषककाे संज्ञन दिए


  • राजनीति
  • सोमबार, साउन ४ २०७८

नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई खलनायक र विदूषकको संज्ञा दिएका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा उनको पक्षमा उभिएका एमाले नेताहरुलाई पोखरेलले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषक बारे भ्रममा नपरौं । सबैले राम्ररी चिनौं ।’

एमालेका ३३ जना सांसदले पार्टी ह्वीप उलंघन गरेका थिए भने २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तष्टथताको नीति लिएका थिए । अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र एमालेको विद्रोही पक्षसहित देउवाले १६५ मत पाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार