राजनीति
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ जिल्ला अन्तर्गत महानगर समितिले नेकपाको पार्टीको केन्द्रिय कार्यालय निर्माण स्थल ललितपुरमा श्रमदान सहित सहयोग सामग्री हस्तान्तरण गरेको छ । प्रतिबन्ध हटेपछि फागुन २१ गतेको ३ बुदे सहमति सम्झौता पश्चात् नेकपाले शान्तिपुर्ण ढङ्गले राजनीतिक गतिविधि गरिरहेको छ । नेकपाले केन्द्रको निति अनुसारनै केन्द्र देखि जिल्लासम्म कार्यालय स्थापना गर्न लागेको छ । नेकपाको कार्यालयहरु कार्यकर्ताहरुकै श्रमबाट पार्टी कार्यालय निर्माणको निति लिएको देखिन्छ ।
पार्टीको उक्त निती अनुरुप ललितपुरमा पनि पार्टीले केन्द्रिय कार्यालय निर्माण गरिरहेको छ । उक्त पार्टी कार्यालय निर्माणको सबै तिरबाट श्रमदान र सहयोग जुटाउने क्रम जारी नै छ । सोहीक्रम्मा नेकपा काठमाडौ को महानगर समितिले २ दिने श्रमदान सगै सहयोग हस्तान्तरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौका सचिवालय सदस्य समेत रहेका महानगर समितिका ईन्चार्ज अविरल चन्दको नेतृत्वमा महानगरका दर्जन बढी नेता कार्यकर्ताको टोली त्यहाँ पुगेर दुइदिनदेखि लगातार श्रम गरेका हुन ।
साथै केन्द्रिय कार्यालय निर्माणमा भैरहेको व्यवस्थापनलाई सहजीकरण गर्न खाध्यान्न लगायतका सामाग्री पनि पार्टी कार्यालय निर्माण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । इन्चार्ज चन्दका अनुसार महानगर समितिले १५ केजी दाल, १ बोरा चिउरा, ३ प्याक मास्क, ४ पोका दालमोठ, ३ लिटर तेल, ४ प्याक मस्यौरा, २ पेटी चाउचाउ, १० पोका नुन, २ प्याक बिस्कुट, २ केजी चिनी, १ प्याकेट जिरा, १ प्याकेट बेसार लगायत थुप्रै सामग्री हस्तान्तरण गरेका बताए ।






