राजनीति
विभिन्न कारणले बेग्लाबेग्लै पार्टीमा रहेका नेपालका चर्चित कम्युनिस्ट पार्टीका नेताहरु एउटै मंचमा देखिने भखिएका छन । पर्सि शुक्रबार पुष्पलाल मित्रता केन्द्रको आयोजनामा भएको
कार्यक्रममा उनीहरु काठमाडौं एउटै मन्चमा देखिका हुन् ।
जुन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, नेकपा(क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन वैद्यल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’लगायतका नेताहरू एउटै फोरममा देखिए ।
मित्रता केन्द्रको आयोजनामा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहित नेकपाका सस्थापक नेता पुष्पलाल प्रती श्रद्धान्जली कार्यक्रम हुने केन्द्रले जानकारी दिएको छ । उक्त कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसमेत सहभागी हुन।