logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

राष्ट्रपति र ओलीबिच दुई घण्टा भेट, के भण्डारीकाे राजिनामा आउला त ?


  • राजनीति
  • शुक्रबार, साउन ८ २०७८

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको उच्च सुरक्षास्रोतले जनाएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रीत थियो भन्ने खुलेको छैन ।

यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारी बीचको अवैध साँठागाँठमा प्रतिनिधि सभा विघटनदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना हुने गरेको थियो । तर, ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्रीबाट हटिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार