logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमाले बनेका माओवादी नेतालाई श्रीमतीले समेत बाइबाइ


  • राजनीति
  • शनिबार, साउन ९ २०७८

माओवादी आन्दोलनबाट आएको तेस्राे वरियताका नेता रामबहादुर थापा बादल सहित केही नेताहरु अहिले एमाले मा छन् । उनिहरु मन्त्रीको लोभमा माओवादी छाडेका नेताहरु पार्टी र कार्यकर्तामात्रै हैन, आफन्तबाटै एक्लिन थालेका छन् ।

टोपबहादुर रायमाझीलाई ‘एमाले नेता’ त भनिन्छ । तर, उनीसँग आफ्नै भतिजा र भतिजी पनि एमालेमा गएनन् । उनीहरु माओवादी केन्द्रकै विभिन्न जनसंगठन र पार्टी कमिटीमा काम गरिरहेका छन् ।

खेलकुद मन्त्री भएका दावा तामाङसँग अहिले एकजना पिए पनि साथमा छैनन् । अरु त अरु, पत्नी कुमारी मोक्तान नै उनीसँग लागेर एमाले भइनन् । कुमारी बागमती प्रदेशसभा सदस्य छिन् र माओवादी केन्द्रको पुरानो जिम्मेवारीमै रहेकी छन् ।

मन्त्री हुन एमाले भएका मणि थापा गृहजिल्ला प्युठानमा जनाधार शून्य नेता हुन् । लेखराज भट्टसँग कार्यकर्तादेखि आफन्त कोही साथमा छैनन्, सबै माओवादी केन्द्रमै छन् । गौरीशंकर चौधरीको हालत पनि त्यही हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार