logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लुम्बिनी प्रदेश प्रमुख यादवलाई बर्खास्त गर्ने गठबन्धनको सहमति


  • राजनीति
  • आइतबार, साउन १० २०७८

कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा सम्मलित पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशसभाका प्रमुख धमर्ननाथ यादवलाई हटाउने गृहकार्य गरेको छ । हिजाे साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो । बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत वियमा केन्द्रित भएको बुझिएको छ। देउवाले छलफलको क्रममा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयलाई बढी जोड दिएका थिए। उनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने बताएका थिए। सबैले आफ्नो भागमा परेको संख्या अनुरुपको नाम छिटो दिन पनि उनले आग्रह गरेका थिए। देउवाको जोड एमाले वरिष्ठ नेता माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउनेमा छ।

छलफलमा राजनीतिक दलबारेको कानुनी प्रावधान लगायतको विषयमा पनि छलफल भएको जानकारी बालुवाटार श्रोतले दियो। बैठकमा यसअलवा सत्ता गठबन्धन दिगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिक घटनाक्रम र छिमेक तथा शक्ति मुलुकको सरकारप्रतिको दृष्टिकोणलगायत विषयमा छलफल भएको थियो।

यसअघि भएका गठबन्धनका बैठकमा नेता नेपाल उपस्थित हुने गरेका थिएनन्। उनले प्रतिनिधिको रूपमा विजय पौडेललाई पठाएका थिए। बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले प्रस्ताव राखेका थिए। अन्य दलहरूले भागवण्डाबारे कुरा गरे पनि नेपालले भने सरकारमा सहभागी हुने/नहुनेबारे स्पष्ट बताउन सकेनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार