logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निजि स्कुलका मालिक श्रेष्ठ मन्त्री बन्दै


  • राजनीति
  • आइतबार, साउन १० २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब थियो।

आफूलाई समर्थन गरेका दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगिन बाँकी रहेकाले देउवाले कांग्रेस सांसद श्रेष्ठलाई राज्यमन्त्रीमात्र नियुक्त गरेको बुझिएको छ।

राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ भोजपुरका हुन्। उनी कांग्रेसका समानुपातिक सांसद हुन्।
उनी लिटिल एन्जल्स विद्यालयका सञ्चालक हुन्। श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ। उनी प्याब्सनको अध्यक्ष पनि थिए।

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठकाे सपथ अपरान्ह ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार