राजनीति
आज बिहानै देखि सुरुभएकाे पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेपछि बसेको शीर्ष नेताहरूको बैठक सकिएको हो।
बैठकमा नयाँ बन्ने मन्त्री र मन्त्रालयको भागबण्डाबारे छलफल भएको बताइएको छ। बैठक सकिएर नेताहरू बालुवाटारबाट फर्किएका छन्। तर बैठकले गरेका निर्णयहरू खुल्न बाँकी छ।
यसअघि हिजो बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डाको जिम्मेवारी शीर्ष नेतालाई दिएको थियो। सोहीअनुसार आज बैठक बसेको हो।