नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य पुर्ण बहादुर सिंह ‘प्रबिण’ले मुलुकभरका जिल्ला सदरमुकामबाट दलाल ब्यवस्थाको विरुद्ध अन्तिम तयारीका साथ वैचारिक अस्त्र प्रहार गर्ने बेला आएको बताएकाछन । प्रबिणले पार्टीको दोलखा जिल्ला सम्पर्क कार्यालय उद्धघाटन गर्दै उक्त कुराको उद्धघोष गरेका हुन ।
नेकपा केन्द्रिय सदस्य प्रबिणले नेकपाको पार्टी कार्यालय अन्य दलको जस्तै सामान्य मान्छे भेला हुने कोठा मात्र नभएको भन्दै उत्पीडित जनताको टुकडीले दलाल भ्रष्टाचारीको अभिलेख राख्ने र निगरानी गर्ने स्थान भएको तर्क गरेका छन । नेता प्रबिणले जनताको न्यायको लागी बलिदान गर्न तयार रहेको भन्दै कुनै सम्झौता नगर्ने धारणा राखेकाछन ।
कार्यक्रममा नेता सिंहले आफ्नो पार्टीले जनताको मुद्दा उठाउने र त्यसको लागि अन्तिम सम्म लडीरहने प्रतिबद्धता व्यक्त गरेका छ्न । कार्यक्रममा बोल्दै उनले भने ‘हामी भुमिगत थिएनौ र अहिले खुल्ला भएका पनि होइनौं , हामी सदैव जनताको बिचमा जनताकै सेवामा छौ ।’ आफ्नो पार्टीलाई बिगतमा प्रतिबन्ध लगाएको प्रती आक्रोश व्यक्त गर्दै उनले भने ‘लुटको स्वर्ग भत्किन्छ भनेर प्रतिबन्ध लगाएका थिए, अब जनताले दलाल र भ्रष्टाचारीलाइ कहिले नखोल्ने गरि जनताले प्रतिबन्ध लगाउने चेतावनी दिएकाछन ।
अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष समेत रहेका सिंहले सानालाई कार्वाही गरेजस्तो गरेर ठुला भ्रष्टाचारीसग बार्गेनिङ गर्नेका विरुद्ध हिजो पनि लडेको र फेरि पनि लड्ने उद्धघोष समेत गरेकाछन । उनले थपे ‘हाम्रो पार्टीको उद्देश्य युद्ध नभएको तर नेपाली जनताको मुक्ति मात्र सवाल जुनसुकै संघर्ष गर्न पछाडि पर्ने छैन
। हिजो दलालहरुले प्रतिबन्धको नाममा एकतर्फी युद्ध थोपरेको भन्दै जनताको संघर्षले त्यसलाइ परास्त गरियो ।’
दोलखा जिल्लाको पार्टी सम्पर्क कार्यालयको उद्धघाटन गर्दै नेता सिंहले सबै राजनीतिक दललाइ ब्यक्तीको लागि होइन नयाँ व्यवस्था बैज्ञानिक समाजवाद स्थापनाका लागि सहकार्य गर्न समेत आव्हान गरेकाछन । उनले भने ‘सहिदको सपनालाइ सिर्योधार्य गरेर अगाडी जाने सवालमा हामी खुल्ला र स्पष्ट छौ ।’
उक्त कार्यालय उदघाटन समारोह सम्पन्न कार्यक्रमको अध्यक्षता माधव गौतम, स्वागत बिशेष समिति सदस्य यादव दाहाल, अतिथिहरुमा रातो खबर प्रकाशन प्रा.लि. सम्पादक असोक सुवेदी, नेकपा एमाले दोलखा जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल,
मेलुङ्ग गाउपालिका प्रमुख नर ब. श्रेष्ठ, भीमेश्वर नगरपालिका मेयर भरत केसी,नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य सुब्बा श्रेष्ठ , नेकपा क्रान्तिकारी माओवादी, दोलखा जिल्ला सेक्रेटरी गोविन्द काफ्ले, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य जिस्नु उप्रेती, पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जीवन लामा , पचाल झरना मासिक सम्पादक रण बहादुर बिक, त्रिपुरा क्याम्पसका प्रमुख रमेश घिमिरे , अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य मुकुन्द श्रेष्ठ, राप्रपा जिल्ला प्रतिनिधि भानुभक्तजङ्ग शिवाकोटी, पत्रकार महासंघ दोलखा जिल्ला उपाध्यक्ष श्रीजङ्ग घिमिरे,बैतेश्वोर गाउपालिका उपप्रमुख रविचन्द्र आचार्य ,सहिद परिवार कर्ण बहादुर थामी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन विशेष समिती सदस्य अर्जुन योगीले गरेका थिए ।