राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक र दोलखाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप गरेको छ । भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंहको हत्या गरेको विरोधमा सिन्धुपाल्चोक र दोलखा प्रदर्सनमा प्रहरीले हस्तक्षेप गरेको नेकपाका केन्द्रिय सदस्य तथा दोलखा – सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज पुर्णबहादुर सिंहले जानकारी दिएकाछन ।

सिन्धुपाल्चोकको बाह्रबिसे बजारकबस पार्कबाट नारा, जुलुससहित अगाडि बढेको प्रदर्शन कार्यक्रममा इलाका प्रहरी वृत बाह्रबिसेको प्रहरीले हस्तक्षेप गरेको नेकपाले जनाएको छ । हस्तक्षेपका बाबजुद पनि त्यही नारा जुलुससहित कोण सभामा परिणत गरि प्रदर्शन सम्पन्न गरेको जनाएको छ । कोणसभालाई पार्टीका जिल्ला सचिव युगिनले सम्बोधन गरेका थिए, कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य मुकुन्द श्रेष्ठले गरेका थिए । सभामा बोल्दै युगीनले भारतीय हस्तक्षेप तत्काल बन्द गर्न र भारतीय साम्राज्यवादको यस्तो कायरतापूर्ण दमनका विरुद्ध सबै नेपाली एकजुट भएर सामाना गर्न पनि अपिल गरेका थिए । उनले सबै देशभक्त , प्रगतिशील, राष्ट्रप्रेमी नेपाली जनता एकताबद्ध भएर नेपालको रक्षाको निम्ति लड्ने समय आएको र जसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी गर्ने पनि उद्घोष समेत गरेका थिए । प्रदर्शनमा युवा संगठनका जिल्ला संयोजक सुमन, जिल्ला सदस्य अमर लगायत स्थानिय जनताको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।


त्यसैगरी भारतीय सुरक्षाबलले दार्चुला को जयसिह धामीको तुइन काटि हत्या गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी दोलखाले आज शनिबार सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दोलखा सचिव विनय शर्मा, नेकपा दोलखाका पुर्व इन्चा यादब दाहाल लगायत नेकपाका कार्यकर्ता तथा जनसमुदायसहित नेताहरुको उल्लेखनीय सहभागितामा विरोध प्रदर्शन कोण सभामा सम्पन्न भएको छ । विरोध सभामा जिल्ला सचिव विनय शर्माले भारतिय सुरक्षा बलले नेपाल र नेपाली माथि यस्तै प्रकारको ज्यादती कायमै रहे आफ्नो पार्टीले नेपाली जनतालाई एक गराउदै प्रतिरोधमा उत्रने उद्धोष गरे । उक्त कार्यक्रम को संचालन बिद्यार्थी नेता तथा नेकपाका जिल्ला नेता राजकुमारले गरेका थिए ।