logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

जेल हिरासतबाट फर्केका नेता ‘सुदर्शन’ लगाएत १० नेतालाई सम्मान


  • राजनीति
  • मंगलबार, साउन १९ २०७८

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेल हिरासतको मोर्चा जितेर आएका नेताहरुलाइ संमान गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको साबिक पुर्वी ताम्सालिङ ब्युरोका जिल्लास्तरिय संयुक्त स्कुलिङ कार्यक्रममा लामो समय जेल हिरासतमा बसेर फर्केका नेकपा सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लगाएत केन्द्रिय सदस्यहरु, आदर्श, बन्धु, प्रज्वलन, लाल बहादुर बिसी लगाएतलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा दोलखा सेक्रेटरी माधव गौतम, रामेछापका पुर्व सेक्रेटरी बिबेक,रामेछापको पुर्व सेक्रेटरी कुलदिप सिन्धुली पुर्व इन्चार्ज शशी राई,र अखिल क्रान्तिकारीका नेता रबिन केसीलाई सम्मान गरेको हो ।

                                                                   
यो स्कुलिङ ६ दिनसम्म चल्ने नेककपाका सचिवालय सदस्य ‘सुदर्शन’ले गरेकाहुन । उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख भेषराज भुसाल, स्कुलिङ केन्द्रिय सदस्य तथा स्कुलिङ बिभागका सदस्यहरु लालबहादुर बिसीको उपस्थिति रहेको थियो ।
उक्त स्कुलिङमा नेकपाका जिल्लातहका नेताहरुको सहभागीता रहने नेकपाका केन्द्रिय सदस्य पुर्ण बहादुर सिंह ‘प्रबिण’ ले जानकारी दिएका छन ।
उक्त उद्धघाटन कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य आधारले गरेका थिए । भने संचालन सिन्धुली/रामेछाप इन्चार्ज शरद रसाइली र स्वागत सिन्धुपाल्चोक/दोलाखा इन्चार्ज पुर्णबहादुर सिंह ‘प्रबिण’ले गरेका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार