logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

मन्त्री नपाए आत्महत्या गर्ने समाचारबारे गजुरेलकाे आयाे यस्तो प्रतिक्रिया


  • राजनीति
  • बुधबार, साउन २० २०७८

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सांसद हरिवोल प्रसाद गजुरेलको सचिवालयले गजुरेलको चरित्र हत्या हुनेगरी एक अनलाइनले खबर प्रकाशन गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

गजुरेलको सचिवालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार एक अनलाइनमा गजुरेलको चरित्र हत्या हुनेगरी प्रकाशित उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सचिवालयले उक्त समाचार सम्पूर्ण रुपमा झुटो र काल्पनिक रहेको र यस्ता झुटा समाचारबाट तरंगित नहुन सम्पूर्ण पार्टीपंक्ति, जनसमुदाय र शुभचिन्तकमा अनुरोध समेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‛जिम्मेवार मिडियाले यसरी बिनाप्रमाण तथ्यहीन पीत पत्रकारिता गरेर मिडिया जगतको बदनाम गर्न हुँदैन। पत्रकारितामा हुने यस्ता गलत अभ्यासलाई निरुत्साहित गर्न यथाशीघ्र आवश्यक नीति बनाएर कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गर्दछु।’

प्रेस विज्ञप्ति : प्रेस नोट
सम्पादक रामकला बुढाथोकी रहेको साँघु न्युज डटकम अनलाइन समाचारमा आज मिति २०७८ श्रावण १९ गते मंगलबार, बिहान ८:१३ बजे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद माननीय हरिवोल प्रसाद गजुरेलको चरित्र हत्या गर्ने नियतबाट प्रेरित भइ प्रकाशित गरिएको कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त समाचार सम्पूर्ण रुपमा झुटो र काल्पनिक रहेको र यस्ता झुटा समाचारबाट तरंगित नहुन सम्पूर्ण पार्टीपंक्ति, जनसमुदाय र शुभचिन्तकमा अनुरोध छ।

साथै, जिम्मेवार मिडियाले यसरी बिनाप्रमाण तथ्यहीन पीत पत्रकारिता गरेर मिडिया जगतको बदनाम गर्न हुदैन । पत्रकारितामा हुने यस्ता गलत अभ्यासलाई निरुत्साहित गर्न यथाशीघ्र आवश्यक नीति बनाएर कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गर्दछु ।

बिदुर खड्का
स्वकीय सचिव, माननीय हरिवोल प्रसाद गजुरेलको सचिवालय ।
२०७८/०४/१९ मंगलबार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार