logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

एमाले भित्र प्रचण्डको दोश्रो इनिङ : फुटाउने कि मिल्ने फाइनल हुदै


  • राजनीति
  • शुक्रबार, साउन २२ २०७८

एकता गरेको ३ वर्ष नपुग्दै सर्वोच्च अदालतको आदेशबाट नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्माण भएपनि भविष्यमा दुवै पार्टी एक बनाउने रणनीतिहरु बुनिएका छन् । त्यसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड योजनावद्ध तरिकाले लागेका छन् । उनी कुनै हालतमा एमाले कब्जा गर्न चाहन्छन् ।

बैचारिक हिसावले कम्जोर धरातलमा भएपनी संगठनका हिसाबले एमाले बलियो शक्ति हो । माओवादी केन्द्र त्यस दृष्टिले निकै कमजोर छ । तर, एमालेका नेताहरुभन्दा प्रचण्ड रणनीतिक चार्तुयतामा अगाडि छन् । उनी यही रणनीतिक चार्तुयताले एमाले कब्जा गर्न अनवरत लागीरहेका छन ।

बिबादको भुमरीमा गाजिएको एमालेमा अझै पनि प्रचण्डको प्रभाव छ । उनीसँग सहकार्यमा रहेका माधवकुमार नेपाल एमालेभित्र दोस्रो ठूलो शक्ति हुन् । नेपाल केपी शर्मा ओलीलाई एमाले अध्यक्षबाट हटाउन योजनावद्ध तरिकाले लागेका छन् । उनको योजनामा प्रचण्डको भित्री साथ छ । बरु समय लगाएर भएपनि केन्द्रीय कमिटीमा पकड बढाउँदै लगेर ओलीलाई हटाउने नेपालको योजना छ । त्यसमा प्रचण्डले मद्दत मात्र गरिरहेका छैनन् उकेरा लगाइरहेकाछन ।

अहिले एमाले अध्यक्षबाट ओलीलाई लत्याएर माधव नेपालसँग मिलेर प्रचण्डले शक्तिशाली पार्टी बनाएर जाने योजना समेत बनाएको बुझिएको छ । उनले एमालेका कतिपय प्रभावशाली नेताहरुसँग निरन्तर सम्पर्कमा नै छन ।

केही बर्ष पहिले पनि प्रचण्डले एमाले कब्जा गर्ने उद्देश्यले एकता गरेको चर्चा चलेको थियो । तर, त्यसमा विफल भए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरले प्रचण्डमाथि एमाले कब्जा गर्न खोजेको आरोप लगाएका थिए । प्रचण्डले त्यो प्रयास गरेको सबै राजनीतिक घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार