logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बालुवाटारमा तीनवटा ‘डकुमेन्ट’ : मन्त्रीपरिषद बिस्तार हुने !


  • राजनीति
  • शुक्रबार, साउन २२ २०७८

अहिलेको सत्तारुढ गठबन्धनको सात सदस्यीय कार्यदलले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीनवटा दस्तावेज बुझाएको छ । कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुलाई सरकार सञ्चालनसम्बन्धी कार्यविधि, न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुको आचार संहिताको मस्यौदा बुझाएको हो ।

सरकार संचालनको कार्यदलका अध्यक्ष पूर्णबहादुर खड्का नेतृत्वको टोलीले शुक्रबार बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रम, सरकार सञ्चालनसम्बन्धी कार्यविधि र मन्त्रीहरुको आचार संहिता बुझाएको हो । यी दस्तावेजहरूलाई अन्तिम रुप दिई शीर्ष नेताहरुले हस्ताक्षर गरेर सार्वजनिक गरिने बताइएको छ । सरकारको साझा न्यूनत्तम कार्यक्रम बनेसँगै अब मन्त्रिपरिषद विस्तार हुने नेताहरुको भनाइ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार