राजनीति
अहिले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता तथा आर्थिक विभाग प्रमुख प्रकाण्ड (खड्गबहादुर विक) पक्राउ परेपछि प्रहरीद्वारा बरामद डायरीमा देखिएको, सहयोग संकलनको बिवरण यस्तो देखिएको श्रोतको दाबी छ ।
यसरी नेकपालाइ हालसम्म सहयोग दिनेमा राजेश खड्काको जेम्स स्कुलले २० लाखमा डिल भएकोमा १५ दिइसकेको रहेछ । अब पाँच लाख दिन बाँकी देखियो । पूर्वसभासद् गीता राना क्षेत्रीको ग्यालेक्सी स्कुलसँग पनि २० मै डिल भएकोमध्ये १५ लाख दिइसकिएको र बाँकी पाँच लाख दिन बाँकी छ । टीएल चौधरीको नाइटिङ्गेल स्कुलले पाँचमा पाँचै लाख दिइसकेको रहेछ । हेलि एभरेष्टले १० को डिल भएमध्ये तीन लाख दिइसकेको र सात लाख दिन बाँकी देखिन्छ । पूर्वसभासद्समेत रहेका उमेश श्रेष्ठको लिट्टिल एञ्जल्सले २० लाख दिने बचन दिएर पाँच लाख बुझाई १५ लाखका लागि अहिलेसम्म झुलाइरहेको पाइयो । । औषधी माफिया भनेर चिनिने विशाल पण्डितले पाँच लाख दिने भनेकोमा चार लाख बाँकी राखेर एक लाखमा टारेको हिसाबसमेत त्यसैमा छ । पोहोर मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचनले १० लाखको बचन दिएका रहेछन् । कांग्रेस नेता तथा निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जिपछिरिङ लामाले १० मा १० लाखै दिइसकेका रहेछन् । प्रकाण्डको डायरीमा ‘दीपकबाट आएको’ भनी १५ लाख जनाइएको छ । ती ‘दीपक’ को हुन् ? मल्होत्रा, भट्ट, मनाङे भन्नेचाहिँ खुलेको छैन । शर्मा एण्ड कम्पनीका रमेश शर्माले १० लाख, चन्द्र ढकालको ग्लोबल आइएमई बैंकले १० लाख दिइसकेको रहेछ । अरु त अरु, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य प्रबद्र्धनमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले पनि विप्लवलाई १० लाख दिइसकेको डायरीमा छ । कर्मचारी सञ्चयकोषको ऋणबाट रसुवामा एक सय ११ मेगावाट विद्युत उत्पादनका लागि उक्त कम्पनी सञ्चालनमा आएको हो ।
यधपी यो बिषयमा नेकपाले नेता कार्यकर्तालाइ झुटो मुद्दा लगाउने सोचले यि कुराहरु खोजिएको हुनसक्ने बताएको छ ।
यो समाचार जनआस्थाबाट लिएका हौं ।