logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज माधव समुहकाे बैठकमा ७५ जना सहभागी, हेर्नुस् [नामसहित]


  • राजनीति
  • शुक्रबार, साउन २२ २०७८

नेकपा एमालेमा माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बुध्दनगरस्थित क्वालिटी पार्टी ब्यांक्वेटमा हिजोदेखि शुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टीको आन्तरिक विवाद र एकताबारे छलफल भैरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । हिजो ७ जना केन्द्रीय सदस्यले बोलेका थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष डा.भीम रावल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण बिष्ट र भीम आचार्य,स्थायी कमिटी सदस्यहरु रघुजी पन्त,डा. बेदुराम भुसाल, केन्द्रीय सदस्यहरु देवशंकर पौडेल, मेटमणी चौधरी,झपट रावल, ठाकुर गैरे,गंगालाल तुलाधर, विरोध खतिवडा,राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री,निरा जैरू, जगन्नाथ खतिवडा,सोप्रसाद पाण्डे लगायत ७५ जना सहभागी रहेको बताइएको छ ।

हिजो बैठक प्रारम्भ गर्दै बरिष्ठ नेता नेपालले अध्यक्ष केपी ओलीका कारण पार्टी एकता कठिन मोडमा पुगेको बताउनुभएको थियो । ओली एकताप्रति अनुदार बनेकाले यथास्थितिमा पार्टी एकता गर्नु राजनीतिक आत्महत्यासरह हुने नेता नेपालको भनाइ थियो ।

पार्टी विवाद सम्बन्धमा बैठकले वारपारको निर्णय गर्ने नेताहरुले दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार