logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राष्ट्रपति र रावलबिच भेटवार्ता यस्तो बन्यो प्लान !


  • राजनीति
  • आइतबार, साउन २४ २०७८

एमाले उपाध्यक्ष भीम रावलले हिजो साँझ शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो भेटवार्ता गरेकाछन । पार्टीभित्रको किचलो मिलाउने सिलसिलामा रावल त्यता गएको स्रोतले बताएको छ ।

उनीहरुबीच साढे दुई घण्टा जति छलफल भएको थियो । रावल साँझ साढे ५ बजे शीतल निवास छिरेर ८ बजे निस्कनुभएको थियो । छलफलको पूरै समय पार्टीभित्र उत्पन्न विवादलाई कसरी समाधान गर्ने भन्नेमा केन्द्रित रहेको बताइएको छ । भेटमा पार्टीभित्रको समस्या समाधान गर्न राष्ट्रपति भण्डारीले रावललाई ‘तपाईंले इनिसियसन लिनुस् भन्नुभएको थियो ।’

नेता रावलले, ‘माधव नेपालसहित र उहाँको सम्मान हुनेगरी पार्टी एकता गर्नुपर्ने,’ अडान राख्नुभएको बताइएको छ । उहाँको तर्क थियो, ‘बहुलठ्ठी पाराले सरकार र पार्टी सञ्चालन गर्नहुँदैनथ्यो ।’

प्रत्युत्तरमा नेता रावलले, ‘माधव नेपालसहित र उहाँको सम्मान हुनेगरी पार्टी एकता गर्नुपर्ने,’ अडान राख्नुभएको बताइएको छ । उहाँको तर्क थियो, ‘बहुलठ्ठी पाराले सरकार र पार्टी सञ्चालन गर्नहुँदैनथ्यो ।’

उहाँहरुबीच निकै लामो कुरा भए पनि अन्तमा राष्ट्रपति विद्यादेवी भण्डारीले, ‘जे भयो भयो,अब नयाँ सिराबाट जानुपर्छ । सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ,त्यसमा तपाईं पनि लाग्नुस्’ भनेर नेता रावललाई भन्नुभएको उच्च स्रोतको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार