logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

को बन्ला प्रधानन्यायाधीश ? संवैधानिक परिषदको बैठक बस्दै……

को बन्ला प्रधानन्यायाधीश ? ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा


  • राजनीति
  • बिहिबार, भाद्र ७ २०७५

काठमाडौँ –  सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न आज ४ बजे संवैधानिक परिषदको बैठक बस्दैछ ।

बैठकले सर्वोच्च अदालतमा तीन वर्ष स्थायी भएर काम गरिसकेका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दैछ ।

यसअघि प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेपनि उनको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको खोजीका लागि परिषद बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सदस्य, राष्ट्रिय सभाको सदस्य र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेका छन् । यसअघि संवैधानिक परिषदले कुनै पनि सिफारिस गर्दा सर्वसम्मत गर्ने गरेको थियो ।

त्यही आधारमा अबको प्रधानन्यायाधीश सिफारिस गर्दा पनि सर्वसम्मत हुने बताइएको छ । ५ सदस्यीय परिषदमा हाल अध्यक्षसहित तीन सदस्य सत्तारुढ दलका छन् भने एकजना मात्रै प्रतिपक्षका भएकाले पनि निर्णय गर्न सत्तारुढलाई सहज हुने ठानिएको छ ।

हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार