logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

माओवादी केन्द्र केन्द्रीय समितिकाे बैठक आज बस्दै


  • राजनीति
  • शनिबार, साउन ३० २०७८

आजदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने तयारी रहेको छ ।

माओवादी केन्द्रका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमासमेत छलफल हुने प्रस्ताव तय भएको छ ।

माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने स्रोतले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएक थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार