logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

माधव नेपालद्धारा पार्टी फुट्काे घाेषणा


  • राजनीति
  • मंगलबार, भाद्र १ २०७८

नेकपा एमालेबाट आफुहरु औपचारिक बिभाजन भएको काे एमाले बरिस्ठ नेता माधव नेपाल ले घाेषणा गरेका छन । एक कार्यक्रममा बिशेष सम्बाेधन गर्दै पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले पुनर्गठन काे लागि तयार रहन अपिल गरेका छन् । नेता नेपाल ले नेपाल कम्युनिस्ट आन्दोलन लाइ एकताबद्द गर्न एमाले पुनर्गठन गर्नु परेकाे बताएका छन ।

यस्तै प्रस्तावित नयाँ दलको अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल हुने तय भएको छ । झलनाथ खनाल र बामदेव गौतम पनि महत्वपूर्ण पदमा हुने तय भएको छ ।

माधव नेपाल एमालेका पूर्वमहासचिव हुन् । झलनाथ खनाल एमालेका पूर्वअध्यक्ष र पूर्वमहासचिव पनि हुन् । भुसाल एमालेका उपमहासचिव हुन् ।

नेपाल नेतृत्वको दलमा सुरेन्द्र पाण्डे र भीम आचार्य पनि रह बिष्ट पनि अलमलमा छन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र स्थायी कमिटी सदस्य अमृतकुमार बोहरा पनि नयाँ दलमा हुनेछन् । मुकुन्द न्यौपाने पनि हुनेछन् । रघुजी पन्त र वेदुराम भुसाल पनि महत्वपूर्ण ने सम्भावना छ । तर, उनीहरु अलमलमा छन् । गोकर्णपदका साथ रहनेछन् ।

लामो समय माधव नेपालसँगै रहँदै आएका उपाध्यक्ष भीम रावल भने नयाँ दलमा नजाने निश्चित भएको छ । उनले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै ट्वीट गरेका छन् । योगेश भट्टराई पनि नयाँ दलमा रहनेछैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार