राजनीति
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)का पुर्व केन्द्रीय सदस्य एवं नेपाल कम्युनिस्ट पार्टीका युवा नेता उषाकिरण आजादकोको घरमा पुर्जी टास भएको छ ।
उषाकिरण आजादको दैलेख, लकान्द्र सिराडिको गुवालीपुन्ना स्थित घरमा प्रहरीले १५ दिने अल्टिमेटम सहित पक्राउ पुर्जी टाँसेको छ । हिजो विहिवार ३ गते दिउँसो प्रहरी टोलि आजादको गूवालीपुन्ना स्थित घरमा पुगेको थियो । घरमा पक्राउपुर्जी लिएर आएको प्रहरी टोलीले घरपरिवारलाई धम्की समेत दिएको पारिवारीक स्रोतले राजनितिलाई बताएको छ ।
गत फागुण २१ मा नेपाल कम्युनिस्ट पार्टी र सरकारसंग भएको तिनबुँदे सहमतीमा सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माथी लगाईएका सबै मुद्दा फिर्ता लिने सहमती भएको थियो । सरकारले सम्पुर्ण नेता कार्यकर्ता ससम्मान रिहा गर्ने सहमती गरेपनी अझैँ सम्म रिहा गरेको छैन ।
नेपाल कम्युनिस्ट पार्टीसंग सरकारले आफैले गरेको सम्झौता पालना नगरेको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेको छ । नेपाल कम्युनिस्ट पार्टीले झुट्टा मुद्दा लगाईएका नेता कार्यकर्ताको यथासिघ्र एवं स-सम्मान रिहाई, प्रगतिशील संयुक्त सरकार, वैज्ञानिक समाजवाद र दलाल संसदीय पूजीँवाद व्यावस्थाका विचमा जनमत संग्रहको आफ्नो राजनितीक कार्यनिती अगाडि सारेको छ ।
