राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संठन अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई समितिले पशुपति बहुमुखी क्याम्पसका विष्णु प्रसाद पन्तलाई कारवाही गरेको छ । पन्तलाई निम्न कारणले कारवाही गर्नु परेको बताइएको छ।
१ -विभिन्न शीर्षकमा केही विद्यार्थी संगठन र केहि कर्मचारीहरूलाई घुस खुवाई लाखौं रकम घोटाला गरेकाले !
२- क्याम्पस सभामा त्रिबि विधान विपरित गर्न खोजेकाले !
३- सामुदायिक क्याम्पसमा अत्याधिक नातावाद हावि गरेकाले !
४- घोटाला गरी राजिनामा दिई भाग्न खोजेकाले ! आर्थिक छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरेकाले !
५- करोडौं घोटाला गरेका व्यक्तिहरूलाई निष्पक्ष छानविन नगरी बचाउन खोजेकाले !
६- सामुदायिक क्याम्पस धाराशायी बनाएकाले !