राजनीति
भर्खरै फुटको अवस्थाबाट गुज्रिएको दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा जेठ २ को संरचनामा फर्कने भनिएको भएतापनि पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।
७ गते एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ २ को एमाले संरचनाअनुसार स्थायी समिति बैठक बस्ने भनिएको थियो । यसो हुँदा फागुन २३ पछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा बैठकमा सहभागी हुन मिल्दैन थियो । तर ८ गते तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकमा पुर्व माओवादीबाट मिसिएका नेताहरु पनि सहभागी भएको तस्बिरमा देखिएको छ ।
बैठकले नेताहरु भीम रावल, ईश्वर पोखरेल र विष्णु पौडेलले तयार पारेको १० बुँदे सहमतिको कार्यान्वयनको मोडेल पेश गरेर पास गर्ने तयारी गरेको छ ।