राजनीति
नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी संसद चौथो ठूलो दल बनेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएसँगै संसद्मा दलको संख्या र समीकरणमा अदलबदल हुने भएको छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ ।
हाल प्रतिनिधि सभामा राष्ट्रिय मान्यताप्राप्त दलको संख्या ४ र तीन दल स्वतन्त्र हैसियतमा थिए । निर्वाचन आयोगले छुट्टै पार्टीको औपचारिक मान्यता दिएसँगै माधव नेपालको पार्टीले संसद्मा पनि छुट्टै दलको मान्यता पाएको छ । माधव नेपाल पक्षले प्रतिनिधि सभाका २५ र राष्ट्रिय सभाका ८ सांसद आफ्नो पक्षमा रहेको बताएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रपछि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी संसद्को चौथो ठूलो शक्ति बनेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकाले अब माधव नेपालको पार्टी सदनमा सत्तापक्षको ‘रो’मा बस्न पाउने छ ।
यसअघि जसपा संसद्को चौथो ठूलो शक्ति थियो । माधव नेपालको दल चौथो दल बन्दा उपेन्द्र यादवको पार्टी संसद्मा पाँचौ स्थानमा पुग्नेछ भने महन्थको पार्टी छैटौँ दल बनेको छ ।
राष्ट्रिय सभामा पनि माधव नेपालको पार्टी चौथो ठूलो दल बनेको छ ।
संसदमा नेपाल पक्षधर सांसदहरुको विवरण src=”https://www.rajaneeti.com/wp-content/uploads/2021/08/239675289_585452365794274_2147827611581905267_n_RW44tUoIL8.jpg” alt=”” width=”542″ height=”840″ />
