logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

विप्लवमय बन्दै देश, कैलालीमा पुर्व जनमुक्ति सेना सहित ७० जना प्रबेश


  • राजनीति
  • सोमबार, भाद्र २१ २०७८

विप्लव नेतृत्वको नेकपाले पार्टीका गतिविधिलाई देशैभरी तिब्र बनाएकाे छ । देशभर जनताकाे बिचमा जनसेवा तथा जनसंगगठन अभियान तिब्रतर पारेकाे हाे ।

यसै क्रममा नेकपा कैलालीले नेकपा कैलालीको बडैपुरमा एक भब्य जनसभाकाे आयाेजना गरि जनसम्बन्ध सुदृढ तथा संगठन बिस्तार अभियानको उद्घाटन समाराेह सम्पन्न गरेकाे छ । ्

नेकपाका प्रभाशाली युवा नेता तथा केन्द्रीय सदस्य ओम प्रकाश पुनले अभियान काे उद्घाटन गरेका थिए । कार्यक्रममा नेताहरु दिपेन्द्र चलाउने लगायतले सम्बाेधन गरेका थिए ।

नेता पुनले एमसिसी राष्ट्रघाती सम्झाैता भएकाे भन्दै यसलाई नेपाल मा कुनै पनि हालतले लागू हुन नदिने ठाेकुवा गरे । कार्यक्रम १० जना पूर्व PLA सहित बिभिन्न पार्टीहरु परित्याग गर्दै ७० जना भन्दा बढि बिप्लव नेतृत्वकाे नेकपामा प्रबेश गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार