logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसी बिरुद्धकाे प्रदर्शन, अखिल क्रान्तिकारी अध्यक्ष गजुरेलसहित आधा दर्जन गिरफ्तार


  • राजनीति
  • सोमबार, भाद्र २१ २०७८

एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार विरोध प्रदर्शन गर्ने क्रममा हरि गजुरेलसहित ६ जना अमेरिकी राजदूतावास अघिबाट पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए।

गृहमन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। त्यहीअनुसार सोमबार प्रहरी बिहानैदेखि सम्भावित प्रदर्शनस्थलमा अलर्ट बसेको छ।

भारतीय र अमेरिकी राजदूतावास क्षेत्रमा जमघट र भेला हुन समेत नदिने गृहले निर्देशन दिएको छ। सोमबार पनि विद्यार्थीहरूले विभिन्न क्याम्पसहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन्। मित्रराष्ट्रसँगको सम्बन्धमा आँच आउने गतिविधि बढेको भन्दै गृह मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार