logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माधवका युवा बिद्यार्थीले गृहमन्त्री खाँडकाे राजिनामा माग्दै पुत्ला जलाए, हेर्नुस् तस्विरमा


  • राजनीति
  • सोमबार, भाद्र २१ २०७८

नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेको छ । आज नयाँ बानेश्वरस्थित् मीनभवन कलेज अगाडि (माधव पक्ष) अनेरास्ववियु विश्वविद्यालय राष्ट्रिय कमिटिको आयोजानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । उक्त क्रममा उनीहरुले गृहमन्त्री खाँणको राजीनामा मागेका हुन् ।

दार्चुलाको घट्नाको विरुद्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लादहन गर्दा गृह प्रशासनले रोक लगाएकोमा उनीहरुको आक्रोश थियो । उनीहरुले उक्त क्रममा एमसीसीको पनि विरोध गरेका थिए । उनीहरुले एमसीसी मुर्दावाद, गृहमन्त्री राजीनामा दे, भारतीय हस्तक्षेप बन्द गर, अनेरास्ववियु जिन्दावाद, राष्ट्रघाती सम्झौता खारेज गर, जयसिंह धामीलाई न्याय दे, भारतीय विस्तारवाद मुर्दावादलगायतका नारा लगाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार