logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे मन्त्रिपरिषद् बैठक, हेर्नुस् के के भए निर्णय


  • राजनीति
  • सोमबार, भाद्र २१ २०७८

मन्त्रिपरिषद् बैठक सकिएकाे छ । आज अपरान्ह बसेको बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिएको जानकारीअनुसार आजको बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अन्तराष्ट्रिय विकास संस्थामार्फत नै स्वास्थ्य क्षेत्र सुधारका लागि रु ४५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार