logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा स्याङ्जाको सम्पर्क कार्यलय उद्धघाटन


  • राजनीति
  • मंगलबार, भाद्र २२ २०७८

नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले जिल्ला सम्पर्क कार्यालय सदमुकाम पुतलीबजार स्थित ट्राफिकचोकमा जिल्ला सम्पर्क कार्यलयमा उद्धघाटन गरेको छ । नेकपाका युवा केन्द्रिय सदस्य तथा पर्वत र स्याङ्जा जिल्ला इन्चार्ज विकिरणले संयुक्त उद्धघाटन गरेका हुन ।
जिल्ला इन्चार्ज विकिरणले मैनबत्ती बालेर उद्धघाट्न गरेका हुन् । कार्यक्रममा बोल्दै नेता विकिरणले जनमतसंग्रहको भनेको पनि क्रान्तिकै एउटा चरण भएको बताए । उनलले संसदवादी दलालहरुले जनतामा विभिन्न भ्रम छरेको भन्दै नेकपाका नेता कार्यकर्तालाइ त्यसलाइ जनताको बिचमा पुगेर भन्डाफोर गर्न र नेकपाको नितीबारे प्रष्ट बुझाउन निर्देशन दिएकाछन ।

कार्यक्रमको संचालन नेकपाका जिल्ला सेक्रेटरी सुजन बिश्वकर्माले गरेका थिए । सेक्रेटरी सुजनले सबै तहका भ्रष्टाचारीको शुचि तयार पारेको जानकारी दिदै अब एक्सनमा जाने समेत बताएका छन । उक्त कार्यक्रममा पत्रकार र नेकपाका जिल्लातहका नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार