logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दुई मन्त्रीद्धारा राजीनामा : एमालेमै रहने घोषणा


  • राजनीति
  • बुधबार, भाद्र २३ २०७८

दुईजना मन्त्रीले राजीनामा दिएका छन् । सुदुर पश्चिम् प्रदेशका दुई मन्त्रीले नेकपा एमालेमै रहने निर्णय लिएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले आज राजीनामा दिएका हुन् ।

शाह आर्थिक मामला तथा योजनामन्त्री र गहतराज राज्यमन्त्री थिए । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट हुन् । विगतमा रावल माधव नेपालसँग नजिक हुँदा उनीहरुले एमालेको निर्णयलाई चुनौती दिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारलाई विश्वासको मत दिएका थिए ।

शाह नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुन् । उनले एमालेमै रहने निर्णय लिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार