राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषदको बैठक बसेको हाे । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी परियाेजना संसदमा पेश गर्ने चर्चाबपच अहिले केहिबेरमा मन्त्रिपरिषद बैठक बस्दैछ । तर मन्त्रीपरिषद बैठक नै सारेर प्रधानमन्त्री शेरबहादुर देउवाले पहिला राष्ट्रिय सुरक्षा परिषदकाे बैठक राखेपछि तरंग पैदा भएको छ ।
सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी भएकाे प्रधानमन्त्रीको सचिवालयले बतायो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठकअघि राष्ट्रिय सुरक्षा परिषदको बैठक राखेका हुन् । ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक केही पर सारेर राष्ट्रिय सुरक्षा परिषदको बैठक गरिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकको एजेण्डा भने आफूलाई थाहा नभएको सचिवालयको भनाइ छ ।