राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेकपाकी नेतृ भुजेललाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको बताइएको छ । स्रोतका अनुसार उनलाई कहाँ लगिएको भन्नेबारे कुनै जानकारी नरहेको बताइएको छ ।
दुइ दिन आगाडी मात्र वार्ताको लागि भन्दै सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली बनाएको भनिएता पनि नेकपाका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ । यसरी नेता कार्यकर्ता गिरफ्तार हुनुलाइ नेकपाले पन्चायती तरिका भनेको छ ।