राजनीति
विप्लव नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्क बहादुर बिश्वकर्मा प्रकाण्डले सरकारले संसदीय चुनाव गर्न खाेजे आगाे ओकल्ने चेतावनी दिएका छन् ।
राजधानीमा एक पत्रकार सम्मेलनमा बाेल्दै प्रवक्ता प्रकाण्डले राष्ट्रिय मुक्तिका लागि बैज्ञानिक समाजवाद प्राप्तिका लागि जनमतसंग्रह गर्नुपर्ने कुरामा जाेडदिएका छन् । उनले अहिलेकाे संकटकाे मुख्य मियाे संसदीय ब्यवस्था भएकोले यसका बिरुद्ध व्यवस्था चुन्ने अधिकारकाे प्रयाेग गर्न जनतालाई जनमतसंग्रह मार्फत त्याे अधिकार काे सुनिश्चित गर्न माग गरे ।
अमेरिकि मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी बिरुद्ध २८ गते राजधानीकाे खुल्ला मञ्चमा हुने बृहत् जनप्रदर्शनकाे कार्यक्रमलाई करिव ५ बर्षपछि महासचिव विप्लवले सम्बाेधन गर्दैछन् । उक्त बिराेध प्रदर्शन बारे जानकारी दिन आयाेजित कार्यक्रममा बाेल्दै प्रवका प्रकाण्डले यस्ताे बताएका हुन् ।
प्रवक्ता प्रकाण्डले एमसिसी राष्ट्रघाती विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।
एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको आन्दोलनको आवश्यकता रहेको उनले बताए । एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभए देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै उनले यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताए ।
एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउँदै संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी उनले दिए ।
एमसीसीलाई समाजका हरेक तप्काले विरोध गर्दै आइरहेको र विरोध गर्न कोही पनि बाँकी नरहेको बताउँदै नेता प्रकाण्डले यस अवस्थामा पनि संसद्बाट पारित गराउने प्रयास भइरहेको दाबी गरे । ‘यहाँसम्म कि एमसीसीको बारेमा सत्तारुढ गठबन्धनमै विवाद भइरहेको छ, उनीहरूकै बीचमा सहमति भएको छैन । यस अवस्थामा पनि त्यसलाई पारित गराउने प्रपञ्च भइरहेको छ,’ उनले दाबी गरे । जति प्रपञ्च भएपनि आफूहरूको दल त्यसको विरुद्धमा उभिने बताउँदै उनले संसदीय दलहरू विदेशी सामु घुँडा टेकेको आरोप लगाए । आफूहरूको दल एमसीसीको विरुद्ध सङ्घर्षमा रहेको बताउँदै उनले ५० करोड अमेरिकी डलरमा देशलाई बेच्न खोजेको आरोप लगाए ।
नेपालकै रकमलाई राम्रोसँग खर्च गरियो विकास पर्याप्त हुने तर ५० करोड अमेरिकी डलरमा कमिसन खान पाइन्छ भन्दै केही नेताहरू त्यो पास हुनैपर्ने अडानमा रहेको उनले दाबी गरे । यदि एमसीसी पास भएर लागु भयो भने देशमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पनि दिए ।
‘देश धेरै अप्ठ्यारोमा छ, त्यो अप्ठ्यारो जनताले बनाएको छैन, यी राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेको छ,’ उनले देशलाई सङ्कटबाट बचाउन आफूहरू बाहिर आएको दाबी गरे ।
फरक प्रसङ्गमा, सरकारसँग तीन बुँदे सहमति गरेको तर त्यो कार्यान्वयन नभएको बताउँदै नेता प्रकाण्डले नेपाली क्रान्तिको विरुद्ध षड्यन्त्र भएको बताए ।
तीन बुँदे सम्झौता गरे पनि आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई नछाडेको दाबी गर्दै उनले आफ्ना केही नेताहरू जेलबाट कानुनअनुसार रिहा भएको र यसमा सरकारको कुनै सहयोग नरहेको दाबी गरे । ‘माग सम्बोधन भएन भने एकपटक जनतासँग संवाद गर्छौ र फेरि आन्दोलनमा जान्छौँ,’ उनले भने, ‘हामीलाई फेरि आन्दोलनमा धकेल्ने प्रयास नगरोस् ।’ संसदीय चुनाव होइन, जनमत सङ्ग्रह हुनुपर्ने कुरामा जोड दिँदै उनले जनमत सङ्ग्रह नभए भने जनता आफैले वैज्ञानिक समाजवादको लागि आन्दोलन गर्ने उनको दाबी थियो ।