राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले सरकारले भनेको वार्ता चक्लेटको लेपनमा देखाइएको बिष चक्की भएको बताएका छन् । आज मात्र काठमाडौ बाट पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेपछि मंगलबार बेलुका एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारसँग वार्ता नहुने प्रष्ट बताएका छन ।
नेकपा महासचिव विप्लवले मानव अधिकारवादी, सञ्चारकर्मी, कानुन व्यवसायी तथा अन्य राजनीतिक दलहरूलाई सरकारको यस्तो रबैयाको भण्डाफोर गर्दै न्यायका पक्षमा उभिन आह्वानसमेत गरेका छन् ।

विप्लवले सरकारको अस्वभाविक गतिविधिले आफ्नो पार्टी आक्रोशित भएको र क्रान्तिलाई केन्द्रबिन्दुमा राखी वैज्ञानिक समाजवाद स्थापनाको उदेश्यमा दृढ रहेको बताएका छन् । साथै गिरफ्तारी, यातना र दमनले क्रान्ति नरोकिने, बरु त्यसले अझ बल पुगेको बताएका छन।