राजनीति
नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले राष्ट्रघाती एमसीसीविरुद्ध सिट्ठी जुलुस सहित कोणसभा सम्पन्न गरेको छ ।
नेकपाका केन्द्रिय सदस्य विकिरण स्याङ्जा जिल्ला सेक्रेटरी सुजन बिश्वकर्मा लगायतका नेताहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको नेकपा स्याङ्जाले जनाएको छ ।
केन्द्रिय सदस्य तथा स्याङ्जा पर्वत इन्चार्ज विकिरणले एमसीसीले नेपाली जनताको सार्भौमिकता र नेपाली जनताको न्यायपुर्ण आन्दोलनलाई खतरा पार्ने भन्दै यसलाई कुनैपनि मुल्यमा स्वीकार गर्न नसक्ने बताएकाछन । उनले एमसिसी नेपालको हितमा नरहेको र अमेरिकाले नेपाललाई चीनसँग लड्ने भूमिको रुपमा प्रयोग गर्न खोजेको समेत बताए ।
उक्त सिट्ठी जुलुस कार्यक्रमको सञ्चालन सेक्रेटरी सुजनले गरेका थिए ।

